काठमाडौं । अमर कौशिक निर्देशित बलिउडको कमेडी-हरर फिल्म ‘स्त्री २’ ले सिद्धार्थ आनन्द निर्देशित जासूस-थ्रिलर फिल्म ‘पठान’को कमाइलाई उछिन्दै दोस्रो धेरै कमाउने भारतीय फिल्म बनेको छ ।
बलिउड ट्रयाकर स्याननिल्कलाई उध्दृत गर्दै द हिन्दुस्तान टाइम्सले जनाएअनुसार एसएस राजामौलीको सन् २०१७ को ब्लकबस्टर फिल्म ‘बाहुबली २’ लाई उछिनेको एक दिनपछि ‘स्त्री २’ ले उक्त उपलब्धि हासिल गरेको हो ।गत वर्ष प्रदर्शनमा आएको ‘पठान’को शीर्ष भूमिकामा शाहरुख खानको शीर्ष भूमिका छ । पछिल्लो शनिबारसम्म भारतीय बक्स अफिसमा श्रद्धा कपुर स्टारर ‘स्त्री २’ ले ५१६.२५ करोड नेट भारु कमाएको छ । भारतको सर्वाधिक ग्रसर फिल्म बन्न ‘स्त्री २’ ले अब शाहरुख खानकै अर्को फिल्म ‘जवान’को कमाइलाई उछिन्नुपर्नेछ । ‘जवान’को कमाइ ५८२.३१ करोड भारु छ ।