
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिपी कोइराला बहुआयामिक व्यक्तित्व भएको बताएका छन्।
नेपाली लेखक संघ काठमाडौंले बिपी जन्म दिवसका अवसरमा सुन्दरीजलस्थित संग्रहालयमा सोमबार गरेको साहित्य उत्सवमा बोल्दै सभापति देउवाले भने, ‘मैले बिपी कोइरालाका सम्बन्धमा सानो देशको ठूलो मानिस भन्ने गरेको छु। उहाँ राजनीतिमा मात्र होइन, साहित्यमा पनि त्यस्तै दखल भएको व्यक्ति हो। उपन्यासहरू एक सय एक छन्।’
कोइरालाका बारेमा अझै थाहा पाउन जरूरी रहेको उनले बताए। कोइराला सुन्दरीजलमै जेल बसेको उनले बताए।
‘उहाँ जेल बसेकै ठाउँमा उहाँको जन्म दिवसमा कार्यक्रम गर्दैछौं। उहाँले कति दुस्ख र संघर्ष गर्नु भएको रहेछ भन्ने स्पष्ट हुन्छ, सुन्दरीजलबाट हामीलाई प्रेरणा पनि मिल्छ,’ सभापति देउवाले भने।