२०८१ पौष २७, शनिवार , १२:२३:४६ बजे

Sajhamanch
'

इङ्गल्यान्डका अलराउन्डर मोइन अलीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिए

आइतवार, भदौ २३, २०८१

काठमाडौं । इङ्गल्यान्डका अलराउन्डर मोइन अलीले अन्तर्राष्ट्रिय क्रिकेटको सबै फर्म्याटबाट सन्न्यास लिने घोषणा गरेका छन् ।

बेलायती अखबार ‘डेली मेल’ सँगको कुराकानीमा ३७ वर्षीय अलराउन्डर मोइन अलीले आफू अस्ट्रेलियासँगको आउँदो शृङ्खलाका लागि टोलीमा नपरेको र अब नयाँ पुस्ताको समय भएको बताएका क्रिकेटसम्बन्धी जानकारी दिने बेवसाइट क्रिकइन्फोले जनाएको छ ।

सन् २०१४ मा अन्तर्राष्ट्रिय डेब्यु गरेको मोइनले इङ्गल्यान्डका लागि ६८ टेस्ट, १३८ एकदिवसीय र ९२ टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । उनले अन्तर्राष्ट्रिय सबै फम्र्याटमा ६ हजार ६७८ रन, आठ शतक, २८ अर्धशतक र ३६६ विकेट लिएका छन् ।

मोइन अलीले पछिल्लो पटक यही वर्षको जुनमा टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा इङ्गल्यान्डबाट खेलेका थिए । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिए पनि फ्रेन्चाइज क्रिकेट खेल्ने र पछि गएर प्रशिक्षकको रूपमा भूमिका निर्वाह गर्ने उनको भनाइ छ ।

इङ्गल्यान्डले सन् २०१९ मा एकदिवसीय विश्वकप र २०२२ मा टी–२० विश्वकप जित्दा मोइन अली टोलीको सदस्य थिए ।

सम्बन्धित खबर