२०८१ असोज १, मङ्गलवार , १२:०७:५४ बजे

Sajhamanch
'

फ्रान्समा दक्षिणपन्थी नेता मिशेल बार्नियर प्रधानमन्त्री नियुक्त भएसँगै प्रदर्शन चर्कियो

आइतवार, भदौ २३, २०८१

फ्रान्समा दक्षिणपन्थी नेता मिशेल बार्नियर प्रधानमन्त्री नियुक्त भएसँगै प्रदर्शन चर्किएको छ । हिजो फ्रान्सको राजधानी पेरिस, नाइस र लेमन लगायत देशका विभिन्न शहरमा बार्नियरको नियुक्तिविरुद्ध हजारौँ नागरिकले प्रदर्शन गरेका बीबीसीले जनाएको छ ।आन्तरिक मन्त्रालयले हिजो देशभर एक लाख १० हजार जनाले विरोध प्रदर्शन गरेको बताएको छ तर एकजना विरोधी नेताले भने कम्तिमा तीन लाख जनाले प्रदर्शनमा भाग लिएको दाबी गरेका छन् । आज पनि देशका एक सय वटा ठाउँमा प्रदर्शनको तयारी भएको खबरमा उल्लेख छ । प्रदर्शनको मुख्य आयोजक फ्रान्सेली ट्रेड युनियन र वामपन्थी दलहरू बनेका छन् ।

राष्ट्रपति इमानुएल म्याक्रोनले वाम दलका उम्मेदवारलाई प्रधानमन्त्रीमा समर्थन नगरेपछि उहाँविरुद्ध पनि प्रदर्शन भइरहेका छन् । प्रदर्शन चर्किएपछि प्रधानमन्त्री मिशेल बार्नियरले सरकार गठन गर्न आफू वामपन्थीसहित अन्य दलसँग कुरा गर्न इच्छुक रहेको बताए । फ्रान्समा भएको चुनावमा बामपन्थी दलले सबैभन्दा धेरै सिट जितेको छ । तर दक्षिणपन्थी नेता बार्नियर प्रधानमन्त्री बनेकोमा धेरैजना आक्रोसित देखिएका छन् ।एजेन्सी

सम्बन्धित खबर