२०८१ पौष २६, शुक्रवार , १२:२०:४२ बजे

Sajhamanch
'

प्रस्तावित संजिवनी इन्भेष्टमेन्टको प्रारम्भिक भेला बिर्तामोडमा सम्पन्न

शनिवार, भदौ २२, २०८१

झापा । झापामा नयाँ इन्भेष्टमेन्ट कम्पनी स्थापनाका लागि युवाले अग्रसरता देखाएका छन् । संजिवनी इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको ब्यानरमा आज बिर्तामोडमा प्रारम्भिक भेला बोलाएर सो को जानकारी दिइएको हो ।

संजिवनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष यामकुमार चुडालको अध्यक्षतामा आयोजित प्रारम्भिक भेलामा संस्थापना गर्न लागिको कम्पनीको उद्देश्य र कार्यहरुबारे छलफल गरिएको थियो ।

भेलालाई सम्बोधन गर्दै अध्यक्ष चुडालले कम्पनीको चुक्ता पुँजी १० करोड र अधिकृत पुँजी ५० करोड हुनेगरी १०१ जना प्रोमोटर सेयर होल्डर रहने जानकारी गराए । संस्थापना गरिने कम्पनी पब्लिक कम्पनी हुने, इच्छुकले ५ हजार कित्ताभन्दा माथि १० हजार कित्तासम्म सेयर किन्न पाइने तथा ३ वर्षभित्रमा आइपिओ खोल्न सक्नेगरी द्रुतगतिमा काम अघि बढाइने चुडालले जानकारी गराए ।

संजिवनी इन्भेष्टमेन्टले बैंक तथा वित्तीय संस्था र शेयर बजारमा लगानी गरी मुनाफा कमाउने लक्ष्य लिइएको अवगत गराउँदै कार्यक्रमका अध्यक्ष चुडालले आगामी दशैं अगावै कम्पनी दर्ता गरिसक्ने लक्ष्यका साथ काम अघि बढाइएको जानकारी गराए ।

सो प्रारम्भिक भेलामा सहभागी लगानी गर्न इच्छुकहरुले कम्पनीको मोडल, मुनाफा आर्जन गर्न गरिने लगानीका क्षेत्रहरु, कम्पनीका सञ्चालकहरु, आफ्नो रकम डुब्दैन भन्ने कुराको निश्चितताका विषयमा दर्जनौ जिज्ञासा राखेका थिए । सहभागीहरुका जिज्ञासालाई भेलाका अध्यक्ष चुडाल र अधिवक्ता पवन कार्कीले स्पष्ट पारेका थिए ।

सम्बन्धित खबर