२०८१ असोज १, मङ्गलवार , १२:३४:४२ बजे

Sajhamanch
'

सहारा नेपाललाई ‘लाइफटाइम सर्पोटर मेम्बर’ सम्मान

शुक्रवार, भदौ २१, २०८१

झापा । सहारा नेपाल साकोस लिमिटेड इन्डोनसियाको बालीमा ‘लाइफटाइम सर्पोटर मेम्बर’ को रुपमा सम्मानित भएको छ ।

एशियाली ऋण परिषद् (एसोसिएसन अफ कन्फेरेडेसन अफ क्रेडिट युनियन, अकु)को आयोजनामा भएको कार्यक्रममा सहारा नेपाललाई सम्मान गरिएको हो ।

संसारभरमा २० वटाभन्दा बढी मुलुकका उत्कृष्ट सहकारी संस्थाहरुका प्रतिनिधि सहभागी कार्यक्रममा संस्थालाई सो अवार्ड प्राप्त भएको संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले जानकारी दिए ।

सो अवार्ड संस्थाका तर्फबाट संस्थाका अध्यक्ष हरिबहादुर राजवंशी र कार्यकारी प्रमुख गिरीले ग्रहण गरेका थिए । अकु फोरममा अध्यक्ष राजवंशी, कार्यकारी प्रमुख गिरी, सञ्चालक समितिका प्रथम उपाध्यक्ष छविलाल खतिवडा, सदस्य नेत्रबहादुर नेपाल, उपनिर्देशक दिनेशबहादुर निरौला, मातृका सुवेदी लगायतको सहभागिता रहेको छ ।

सहारा नेपाल साकोसले यसअघि सन् २०१२ मा अकुबाटै क्युमी पर्फमेन्स अवार्ड, स्मार्ट सर्टिफिकेसन अवार्ड प्राप्त गरिसकेको छ । त्यस्तै, स्वावलम्बन विकास केन्द्रको तर्फबाट नेपालमा उद्यमशीलता विकास पुरस्कार पाइसकेको छ ।

सहारा साकोसका शेयर सदस्य एक लाख ७३ हजार ७०२ जना छन् ।

सम्बन्धित खबर