२०८१ माघ १४, सोमवार , ०९:४९:४३ बजे

Sajhamanch
'

आज बिहानैदेखि वर्षा, यी स्थानमा ठूलो पानी पर्ने

शुक्रवार, भदौ २१, २०८१

काठमाडौं । देशका विभिन्न भागमा अहिले वर्षा भइरहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार दिउँसो देशका पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बाँकी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

राति देशका पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशको एकदुई स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ ।

सम्बन्धित खबर

आजको मौसम
आइतवार, माघ १३, २०८१
मधेस र कोसीमा मन्द शीतलहर
शनिवार, माघ १२, २०८१