२०८१ माघ २, बुधवार , ०३:५१:१४ बजे

Sajhamanch
'

आज मानव बेचबिखन तथा ओसारपसारविरुद्धको दिवस मनाइँदै

बिहिवार, भदौ २०, २०८१

झापा । मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १८ औं राष्ट्रिय दिवस बिहीबार मनाइँदै छ। दिवसको नारा ‘तीनै तहका सरकारको प्रतिवद्धता : मानव बेचबिखनविरुद्ध सबैको ऐक्यबद्धता’ तय गरिएको छ।

सन् २००२ मा काठमाडौंमा सम्पन्न सार्कको एघारौँ शिखर सम्मेलनबाट पारित महिला तथा बालबालिका बेचबिखनविरुद्धको महासन्धि २०६३ भदौ २० गते तत्कालीन प्रतिनिधिसभाबाट अनुमोदन गरिएको थियो।

त्यही दिनको स्मरणमा हरेक वर्ष मानव बेचबिखन विरुद्धको दिवसका रुपमा मनाउन थालिएको हो। दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले मानव बेचबिखन तथा ओसारपसार मानव सभ्याताकै कलंक र जघन्य अपराध भएको बताएका छन्।

मानव बेचबिखन अन्त्य गर्न सरकारले सचेतनाका साथै यसविरुद्ध बनेका कानुनहरुको कडाइका साथ कार्यान्वयन गरिरहेको पनि उनले दाबी गरेका छन्।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले मन्त्रालयले मानव बेचबिखनमा परेका पीडित तथा प्रभावितको सशक्तीकरणका लागि अन्तरक्रिया, रोजगार तथा स्वरोजगारमूलक सीप विकास तालिम सञ्चालन गरिरहेको बताएका छन्।

सम्बन्धित खबर