२०८२ भदौ २९, आइतवार , ०७:२१:३६ बजे

Sajhamanch
'

इन्भेन्चरमा तीज : बालबालिकालाई ‘दर’ खुवाइयो

बिहिवार, भदौ २०, २०८१

बिर्तामोड । हिन्दू नारीहरुको महान पर्व तीजको अवसरमा झापाको बिर्तामोड ३ स्थित इन्भेन्चर एजुकेशन एकाडेमीले आफ्ना विद्यार्थीहरुलाई सांस्कृतिक पर्वको महत्व सिकाउँदै दर खुवाएर मनोरञ्जन गराएको छ ।

तीजमा खाइने खाद्य वस्तुहरुलाई किन ‘दर’ भनिएको भन्ने सन्दर्भमा समेत बालबालिकालाई जानकारी दिइएको भदौ १९ गतेको सो विशेष सांस्कृतिक कार्यक्रममा बालबालिकाहरुले दर खाएर गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

मन्टेश्वरी विधिमा कक्षा सञ्चालन गर्ने सो विद्यालयले पूर्व प्राथमिक तहमा हरेक नेपालीमा आफ्ना प्रचलित सांस्कृतिक चाडपर्वहरु, परम्परागत मान्यता एवम् धर्म संस्कारको जगेर्ना गर्नुपर्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै बालबालिकालाई पर्व विशेष यस्ता कार्यक्रमहरु गराउँदै आएको हो ।

संस्कार तथा संस्कृतिको पुस्तान्तरणमा विद्यालय शिक्षा अवधिले निक्कै ठूलो भूमिका खेल्ने भएकाले इन्भेन्चरले स्थापना कालदेखि नै यस्ता कार्यहरु गर्दै गराउँदै आएको विद्यालयका संस्थापक तथा प्रिन्सिपल अमृत बस्नेत बताउँछन् ।

विद्यालयका प्राइमरी इन्चार्ज माया श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो तीज विशेष सांस्कृतिक कार्यक्रममा महिला शिक्षकहरुले समेत नृत्य प्रस्तुत गरेका थिए । शिक्षक कला ढकालले सञ्चालन गरेको सो कार्यक्रममा खेलकुद शिक्षक नारायण राजवंशीले मन्तब्य राखेका थिए ।

 

सम्बन्धित खबर