२०८१ असोज १, मङ्गलवार , १२:४१:०२ बजे

Sajhamanch
'

भूमध्यसागरमा जहाज डुब्दा २१ आप्रवासी बेपत्ता

बिहिवार, भदौ २०, २०८१

इटालीको लाम्पेडुसा टापुमा जहाज डुब्दा भूमध्यसागरमा २१ जना आप्रवासी बेपत्ता भएका छन्। संयुक्त राष्ट्रसंघीय एजेन्सी यूएनएचसएच आरले आफ्नो सामाजिक सञ्जाल एक्समार्फत यसबारे जानकारी गराएको हो।‘जहाज दुर्घटना भएपछि भूमध्यसागरमा बीस जना बेपत्ता भएका छन्’, इटालीका लागि संयुक्त राष्ट्र शरणार्थी एजेन्सीको अधिकारी चियारा कार्डोलेटीले सामाजिक सञ्जाल एक्समा भनेका छन्, ‘हाम्रो टोलीले लाम्पेडुसामा लगेर बाँचेका सातजनाको अवस्था गम्भीर छ।’ केही इटालियन मिडिया रिपोर्टले बेपत्ताको सङख्या २१ जना रहेका छन्, जसमा तीन बच्चा छन् ।

इन्टरनेनल अर्गनाइजेसन फर माइग्रेसन (आईओएम) का अनुसार सन् २०२३ मा उत्तर अफ्रिकाबाट भूमध्यसागर पार गर्ने प्रयास गरेपछि थप तीन हजार आप्रवासी बेपत्ता छन्।एजेन्सी

सम्बन्धित खबर