२०८१ भदौ ३१, सोमवार , ११:५८:०० बजे

Sajhamanch
'

रेडक्रस दिवसमा उपशाखा शिवसताक्षीद्वारा अन्तरक्रिया

बुधवार, भदौ १९, २०८१

शिवसताक्षी । रेडक्रस दिवसको अवसरमा आज झापाको शिवसताक्षीमा रहेका चार वटा सामुदायिक विद्यालयका जुनियर रेडक्रस सर्कलसँग नेपाल रेडक्रस सोसाइटी उपशाखा शिवसताक्षीले अन्तरक्रिया तथा गोष्ठी गरेको छ ।

दूधेस्थित श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा आयोजित गोष्ठीमा भगवती मावि, जनआदर्श मावि र शहीद भिमनारायण आधारभूत विद्यालयका जुनियर रेडक्रस सर्ककलका विद्यार्थीहरुको सभागिता थियो ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा शिवसताक्षीका अध्यक्ष गोविन्द काफ्लले औचित्य माथि प्रकाश पार्दै नेपाल रेडक्रस सोसाइटीले गरेका कामहरुको चर्चा गरेका थिए । उनले मानव जीवनका लागि अति आवश्यक ब्लड संकलन, आपतकालिन अवस्थमा सहयोग गर्ने, राहत जुटाउने लगायत विभिन्न क्षेत्रमा सक्रिय संस्थाको रुपमा नेपाल रेडक्रस रहेको जानकारी दिए ।

विश्वका कुनै पनि देशले मानव जीवन बचाउनका लागि कृतिम रगत उत्पादन गर्न नसकिरहेको अवस्थमा नेपाल रेडक्रसले विभिन्न व्यक्ति, क्षेत्रहरुबाट रगत संकलन गरी अस्पतालहरुमा रगत उपलब्ध गराएर मानवको जीवन बचाइरहेको सभापति काफ्ले बताए ।

अन्तरक्रिया कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी झापाका महामन्त्री प्रकाशचन्द्र खरेल र नेपाल रेडक्रस सोसाइटी झापाका सल्लाहकार समिति सदस्य तथा स्रोतव्यक्ति भक्ति सिटौलाले सहजीकरण गरेका थिए ।

कार्यक्रममा श्री राष्ट्रिय रमणीय आदर्श रेडक्रस सर्कलका अध्यक्ष विपना दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन नेपाल रेडक्रस रारआ जुनियर रेडक्रस सर्कलकी सदस्य अस्मिता राईले गरेकी थिइन् ।

सम्बन्धित खबर