२०८१ भदौ ३१, सोमवार , ०७:१६:५३ बजे

Sajhamanch
'

डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या चार पुग्यो

मङ्गलवार, भदौ १८, २०८१

काठमाडौं । नेपालमा डेंगु सङ्क्रमणबाट मृत्यु हुने सङ्ख्या चार पुगेको छ । गत माघको दोस्रो सातायता फैलिएको डेंगुबाट ६ हजार ८३१ जना संक्रमितमध्ये ४ जनाको मृत्यु भएको हो ।

पछिल्लो तथ्याङ्क अनुसार चार जनाको मृत्यु भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ ।

ईडीसीडीका अनुसार ७७ मध्ये हुम्ला र मुस्ताङबाहेकका जिल्लामा सङ्क्रमण पुष्टि भएको छ । सात प्रदेशमध्ये सबैभन्दा बढी डेंगु सङ्क्रमित गण्डकी प्रदेशमा छन् ।

देशभर फैलिएको सङ्क्रमित संख्यामध्ये तीन हजार २२९ जना अर्थात् ४७.३ प्रतिशत सङ्क्रमित गण्डकीमा रहेका छन् ।

यस्तै, बागमती प्रदेशमा १ हजार ७२३ जना डेंगु सङ्क्रमित छन् भने कोशीमा ८१५ जना, मधेसमा १०६ जना सङ्क्रमित रहेका छन् ।

यस्तै, लुम्बिनी प्रदेशमा ४७४ जना, कर्णालीमा १०५ जना डेंगु सङ्क्रमित छन् । यस्तै, सुदूरपश्चिममा ३७९ जना डेंगु सङ्क्रमित रहेको ईडीसीडीले जनाएको छ ।

सम्बन्धित खबर