२०८१ माघ १६, बुधवार , १२:१५:१८ बजे

Sajhamanch
'

भारतीय प्रधानमन्त्री मोदीले नेपाल भ्रमणका लागि सकारात्मक जबाफ दिनुभएको छ : परराष्ट्रमन्त्री राणा

मङ्गलवार, भदौ १८, २०८१

काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका लागि सकारात्मक जबाफ दिएको बताएकी छन्।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सोमबार बोल्दै परराष्ट्र मन्त्री राणाले आफूले भदौ २ गतेदेखि ६ गतेसम्म भारत भ्रमण गरेको र सो अवसरमा भारतीय प्रधानमन्त्री मोदीसँग पनि शिष्टाचार भेटवार्ता भएको बताएकी हुन्।

‘प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई व्यक्त गर्नुभएको न्यायो अभिवादन तथा शुभकामना प्रवाह गर्नुका साथै नेपालको राजकीय भ्रमणका लागि दिनुभएको निमन्त्रणा पत्र औपचारिक रूपमा उहाँलाई हस्तान्तरण गरेँ,’ मन्त्री राणाले भनिन्, ‘भारतीय प्रधानमन्त्रीले निमन्त्रणा सहर्ष स्वीकार गर्दै नेपाल भ्रमणका लागि सकारात्मक जबाफ दिनुभएको छ।’

भारतीय विदेश मन्त्री एस जयशंकरको निमन्त्रणामा परराष्ट्र मन्त्री राणा भारत भ्रमणमा गएकी थिइन्। उनले भ्रमणका दौरान गत भदौ ३ गते भारतका प्रधानमन्त्री मोदीसँग नयाँ दिल्लीमा शिष्टाचार भेटघाट भएको पनि बताएकी छन्।

‘सो भेटमा नेपाल र भारतबीच रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ तुल्याउने तथा आपसी हितका विषयमा विद्यमान सहकार्य विस्तार गर्ने सम्बन्धमा उहाँसँग मेरो छलफल भयो,’ उनले भनिन्।

सम्बन्धित खबर