२०८२ जेठ ५, आइतवार , ०३:०२:५६ बजे

Sajhamanch
'

नेपाली टोलिकी कप्तान अञ्जिलाले युरोपियन लिग खेल्ने

मङ्गलवार, भदौ १८, २०८१

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बाले युरोपियन लिग खेल्ने भएकी छिन्।

अञ्जिलालाई ग्रिस महिला ‘ए’ लिग क्लबको निस अट्रोमिटौले सिजन २०२४/०२५ को लागि सम्झौता गरेको हो । सम्झौता रकम भने गोप्य राखिएको छ। अञ्जिला पहिलो एसिया बाहिर खेल्न लागेकी हुन्।

अञ्जिलाले युरोपियन क्लबबाट खेल्न पाउँदा खुसी लागेको बताएकी छिन्। हरेक खेलाडीको सपना युरोपमा खेल्ने हुन्छ भन्दै उनले दुई वर्षदेख लगातारको प्रयासमा सफल भएको बताइन् ।

यसअघि अञ्जिलाले भारतीय र पाकिस्तानी लिग खेलेकी थिइन् । उनले भारत सेथु एफसीमा दुई र पाकिस्तानको मासा युनाइटेमा एक सिजन बताइन् । अञ्जिला दुवै टोलीको कप्तान थिइन् ।