२०८१ पौष २१, आइतवार , ०२:००:२५ बजे

Sajhamanch
'

आफूलाई आइफोन किनिदिन माग गर्दै किशोरले गरे ३ दिने भोक हड्ताल

मङ्गलवार, भदौ १८, २०८१

अहिलेका सबै उमेर समूहका मानिसहरुलाई स्मार्टफोनको मोह यतिधेरै बढेको छ कि आफ्नो फोन चलाउने रहर पूरा गर्नका लागि उनीहरू परिवारमा जुनसुकै ब्लाकमेल गर्न समेत तयार हुन थालेका छन्।भारतमा एकजना किशोर आफ्नी गरिब आमालाई आइफोन किन्न बाध्य पार्नका लागि ३ दिनसम्म अनसन बसेको घटना अहिले चर्चामा छ ।भारतमा एक स्मार्टफोन पसलले खिचेको छोटो भिडियो गत हप्ता भाइरल भयो । उक्त भिडियोमा एक किशोरले आफ्नो लागि नयाँ आइफोन किनिदिन आमासँग माग गर्दै तीन दिनसम्म अनशन बसेको स्वीकार गरेको छ ।

अनसन बस्ने छोराको माग पूरा गरिदिनका लागि बाध्य भएर आइफोन किनिदिने ती महिलाले मन्दिर बाहिर फूल बेचेर जीविका चलाउने बताइएको छ । भिडियोमै पनि उनको अनुहारको हाउभाउले उनको संघर्ष तथा गरिबीलाई झल्काउँछ ।सोसल मिडियामा निकै चर्चित बनिरहेको उक्त भिडियोले समाजमा स्मार्टफोन लगायतका ग्याजेटलाई प्रतिष्ठाको प्रतीकको रूपमा हेर्ने चलनसँगै नयाँ पुस्तामा बढ्दै गएको अधिकारवादी तथा गैरजिम्मेवारी आचरणका विषयमा एक चर्को बहसको सिर्जना गरेको छ ।

भिडियोमा ती महिलाले भनेकी छिन्, ‘मैले मन्दिरबाहिर फूल बेच्ने काम गर्दछु। छोराले ३ दिनसम्म खाना नखाएपछि मैले उसलाई फोन किन्न पैसा दिएँ । अहिले म खुसी छु । तर छोराले फोन किन्नका लािग खर्चिएको उक्त पैसा कमाएर फिर्ता ल्याओस् भन्ने चाहन्छु।’

ती किशोरले एउटा आइफोनका लागि आफ्नी आमाप्रति गरेको व्यवहार र आमालाई दिएको आर्थिक र भावनात्मक यातनाप्रति सामाजिक सञ्जाल प्रयोगकर्ताले तीव्र आलोचना गरेका छन् ।एक प्रयोगकर्ताले लेखेका छन्, ‘जब तपाईं बेरोजगार हुनुहुन्छ भने आइफोन जस्तो महंगो फोनमा यति धेरै पैसा खर्च गर्नुको कुनै तुक छैन ।’स्मरण रहोस् विश्वका विभिन्न देशमा खासगरी युवा पुस्तामा ‘आयफोन-मेनियाुले वर्षौंदेखि जरा गाडेको छ । कतिपय मानिसहरुले त आइफोन किन्नका लागि मिर्गौला समेत बेचेका समाचार समेत आउने गरेका छन् ।एजेन्सी

सम्बन्धित खबर