२०८१ पौष २६, शुक्रवार , ०१:४९:१५ बजे

Sajhamanch
'

शेयर बजार १२७ अङ्कले बढेर २०० विन्दुमाथि

सोमवार, भदौ १७, २०८१

काठमाडौं । केही दिनयता घटिरहेको शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १२७ दशमलव ३२ विन्दुले बढेर २ हजार ८ २३ दशमलव २५ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा बीमा, विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, उत्पादन, माइक्रोफाइनान्स, व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज नौ वटा कम्पनीका शेयर १० प्रतिशतले बढेको छ । यस्तै आठ वटा कम्पनीका शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । बजार उच्च अङ्कले बढेको दिन लक्ष्मी उन्नति कोषको शेयर भने चार प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज ३३५ वटा कम्पनीका ३ करोड १४ लाख कित्ता शेयर १३ अर्ब १० करोड रुपैयाँमा कारोबार भएका छन् ।

सम्बन्धित खबर