२०८१ भदौ ३१, सोमवार , ०३:०१:०७ बजे

Sajhamanch
'

गण्डकीमा एमालेले टुंग्यायो ४ मन्त्रीको नाम , आजै शपथ

सोमवार, भदौ १७, २०८१

काठमाडौं । नेकपा (एमाले) ले गण्डकी प्रदेशमा मन्त्री हुने ४ जनाको नाम टुंगो लगाएको छ ।

एमालेले कास्कीका प्रकाशबहादुर केसी, पर्वतका मित्रलाल बस्याल, बागलुङका कृष्ण पाठक र नवलपुरकी पद्मा जिसीलाई मन्त्री बनाउने भएको हो । उनीहरुको आजै दिउँसो १ बजे शपथ ग्रहणको तयारी रहेको स्रोतले जानकारी दियो ।

गण्डकीमा एमालेभित्र स्थायी कमिटी सदस्य खगराज अधिकारी र उपमहासचिव पृथ्वीसुब्बा समूहको गुटगत राजनीति छ । पाठक र केसी खगराज निकट तथा बस्याल र जिसी पृथ्वीसुब्बा निकट मानिन्छन् ।

नेता अधिकारीले आइतबार प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेपछि मात्रै गुट र भूगोल समेत मिलाएर मन्त्री बन्नेको नाम टुंगो लगाएको उनी निकट स्रोतले बतायो ।

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले मन्त्रालयको कार्यक्षेत्र टुंग्याउँदै संख्या पनि ९ बनाएपछि एमालेले पनि मन्त्री हुनेको नाम टुंगो लगाएको हो । गठबन्धनमा सहमति अनुसार गण्डकीमा ९ मन्त्रालयमध्ये चार मन्त्रालय एमालेको भागमा परेको छ ।

कांग्रेसको भागमा मुख्यमन्त्रीसहित ५ मन्त्रालय परेको छ । यद्यपी मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफुलाई संकटमा साथ दिने फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई पनि कांग्रेस कोटामै राख्ने तयारी गरेका छन् ।