२०८१ भदौ ३१, सोमवार , ०१:१४:२९ बजे

Sajhamanch
'

कांग्रेस सभापति देउवा र महामन्त्री शर्माबीच भनाभन !

सोमवार, भदौ १७, २०८१

काठमाडौं । केपी ओलीपछि सरकारको नेतृत्व गर्ने अवस्थामा सभापति शेरबहादुर देउवाले आफूले त्याग गरी नदोहोरिएका अनुहारलाई प्रधानमन्त्री बनाउन भूमिका खेल्नुपर्ने महामन्त्री शर्माको प्रस्तावमा देउवाले तीव्र असन्तुष्टि जनाएका छन् ।

शर्माको यस्तो प्रस्तावपछि आक्रोशित देउवाले कसैले भन्ने बित्तिकै आफूले नछोड्ने, सके अविश्वासको प्रस्ताव ल्याएर हटाउन चुनौती दिएका छन् ।

एमाले र कांग्रेसबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति छ ।

‘‘सभापतिज्यू तपाईं छैटौँ पटक प्रधानमन्त्री बन्न नलाग्नुहोस् । शेखर कोइराला, शशांक कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, अर्जुननरसिंह केसी वा कसैलाई प्रधानमन्त्री बनाउनुहोस्’ बैठकमा महामन्त्री शर्माले भनेका थिए ।

‘‘प्रधानमन्त्री बन्न एक से एक अग्रज नेताहरू प्रतिनिधिसभामा हुनुहुन्छ । यसो गर्दा सभापतिको त्याग देखिन्छ । समकालीन नेतालाई पनि न्याय हुन्छ’ बैठकमा महामन्त्री शर्माको प्रसताव हो यो ।

जवाफमा देउवाले प्रक्रियागत रूपमा आफू विरुद्ध अविश्वासको प्रस्ताव ल्याएर हटाउन चुनौती दिए । ‘तपाईंले छाड् भन्नेबित्तिकै छोड्नुपर्छ भन्ने छ र ? त्यो तपाईंको विचार हो, ठिकै छ । मैले छाड्नेवाला छैन । अविश्वास प्रस्ताव ल्याएर हटाएर देखाउनु’ महामन्त्री शर्मालाई देउवाको ठाडो चुनौती थियो ।

सम्बन्धित खबर