२०८१ भदौ ३१, सोमवार , ०३:५५:३० बजे

Sajhamanch
'

नेपाल पत्रकार महासंघको अर्को चुनाव असोज ५ गते हुने !

आइतवार, भदौ १६, २०८१

काठमाडौं । नेपाल पत्रकार महासंघको महाधिवेशनले निर्धारण गरेको २६ जेठको चुनाव तेस्रो पटक सारेर आगामी ५ असोजका लागि नयाँ मिति तोकिएको छ ।

अध्यक्ष विपुल पोखरेलले आज एक विज्ञप्ति जारी गरेर सबै तहको निर्वाचन ५ असोजमा हुने जानकारी दिएका हुन् ।

‘असोज ५ गते महासंघको सबै तहको निर्वाचन एकैसाथ सम्पन्न गर्न निर्वाचन समितिलाई पत्राचार गरिएको जानकारी गराउँछु । साथै, यो निर्वाचनलाई सफल बनाउन सबैसँग हार्दिक आग्रह गर्छु’ अध्यक्ष पोखरेलद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

सदस्यता वितरण, नवीकरण लगायत कारणले महासंघको चुनाव पटक–पटक सर्दै आएको छ ।

जेठ २६, असार २२ पछि असोज ५ को मिति सार्वजनिक गरिएको छ । तर सदस्यता शुद्धिकरण विवाद किनारा लाग्न सकेको छैन । अहिले नेपाल पत्रकार महासंघमा अधिकांश सदस्यहरु पत्रकारिताभन्दा अन्य पेसा गर्नेहरुको बाहुल्य रहेको छ । वास्तविक पत्रकारहरु यो वा त्यो बहानामा महासंघको सदस्य हुनबाट बञ्चित छन् वा शुद्धिकरणको नाममा पाखा लगाइएका छन् ।

त्यसै कारण पनि तेस्रो पटकका लागि घोषित चुनाव हुन्छ कि हुँदैन भन्नेमा दुविधा व्याप्त छ ।

हेर्नुहोस् विज्ञप्ति :

सम्बन्धित खबर