२०८१ असोज १, मङ्गलवार , ०१:४२:१२ बजे

Sajhamanch
'

‘विकास भएकै छैन, बदलिएकै छैन भन्ने भाष्य तयार गरिँदैछ’ : सांसद साँवा

आइतवार, भदौ १६, २०८१

शिवसताक्षी । झापा क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद एलपी साँवा लिम्बुले शिवसताक्षीको दक्षिणी क्षेत्रमा भएका सडकहरु धेरै कालोपत्रे भइसकेको बताएका छन् ।

शिवसताक्षीको रङ्याथान बजारमा आयोजित तीज मिलन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सांसद साँवाले भने, ‘केही वर्ष पहिलेसम्म कालोपत्रे सडक हेर्न कै लागि पूर्व पश्चिम लोकमार्ग जानुपर्ने बाध्यता थियो तर आज त्यस्तो अवस्था छैन । कुनैबेला भन्ने गरिन्थ्यो पाँचगाछी भनेको हेपिएको ठाउँ हो, विकास नभएको ठाउँ हो । तर हाल संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले यहाँका बाटाहरु कालोपत्रे गरेका छन् ।’

‘केही सामाजिक सञ्जालहरुमा प्रयोजित तरिकाले विकास भएन, बदलिएन भन्ने भाष्य निर्माण गरिँदैछ । यो जनतामा भम्र छर्ने काम मात्र हो । हामीले बोलेर होइन तपाईंको अगाडि नै कामले प्रमाणित गरिरहेका छौं’ सांसद साँवाले प्रष्ट पारेका छन् ।

रंङ्याथानदेखि कनकाई नदीपूर्व सुगाबथान जोड्ने झोलुङे पूल निर्माणको सबै प्रकृया पूरा भएको जानकारी गराउँदै सांसद साँवाले विगतमा सरकार तलमाथि हुँदा योजना केही अलमलमा परेको थियो तर अब कार्यान्वयनको प्रक्रियामा रहेको प्रष्ट पारे ।

शिवसताक्षीको जटिल समस्या भनेको नदी कटान र डुवान हो सांसद लिम्बूले थपे, ‘शिवगञ्ज बजार उत्तर कनकाई नदीमा तटबन्धन भएको छ । हाल शिवगञ्ज बजारदेखि मदरगाछ जोड्ने गरी पूल निर्माण हुँदैछ । अब शिवसतक्षीको वडा ४ मा पर्ने नदी कटान नियन्त्रणका काम बाँकी छ । यो काम पूरा भएपछि नदी कटान नियन्त्रणको काम पूर्ण रुपमा सम्पन्न हुनेछ ।’

सम्बन्धित खबर