२०८१ पौष २६, शुक्रवार , ०१:४९:१३ बजे

Sajhamanch
'

राताम्मे हुँदै शेयर बजार २७०० विन्दुबाट तल झर्‍यो, साढे १० अर्ब रुपैयाँको कारोबार

आइतवार, भदौ १६, २०८१

काठमाडौं । शेयर बजार आज उच्च अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ५३ दशमलव ६३ अङ्कले घटेर २ हजार ६९५ दशमलव ९३ विन्दुमा झरेको छ ।

आज म्युचल फन्ड समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर राताम्मे भएको छ । आज पिपुल्स हाइड्रो, माइखोला हाइड्रो र थ्री स्टार हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन सुपर माई हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज बजारसँगै कारोबार रकममा पनि कमी आएको छ । आज २ करोड ६२ लाख ४६ हजार कित्ता शेयर १० अर्ब ५१ करोड ७६ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै गुडविल फाइनान्सको ५२ करोड ३१ लाख रुपैयाँको शेयर खरिदरबिक्री भएको छ ।

सम्बन्धित खबर