२०८२ पौष ९ बुधवार , ०८:४५:०४ बजे

Sajhamanch
'

शरद् ऋतुमा हिमाल आरोहणका लागि ३६ जनाले अनुमति लिए

आइतवार, भदौ १६, २०८१

काठमाडौं । यस वर्षको शरद् ऋतुमा नेपालका हिमाल आरोहणका लागि ३६ जनाले अनुमति लिएका छन् ।

हिजोसम्म मनास्लु, अन्नपूर्ण चौथो र पुथा गरी तीन वटा हिमाल आरोहणका लागि आठ समूहका ३६ जना आरोहीले अनुमति लिएका विभाग अन्तर्गत पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले जानकारी दिए।

मनास्लु हिमालमा वसन्त ऋतुमा हिउँ बढी हुने भएकाले शरद् ऋतुमा आरोहण उपयुक्त मानिन्छ । गएको वर्षको शरद् ऋतुमा मनास्लु हिमाल आरोहणका लागि तीन सय एक जनाले अनुमति लिएका थिए । शरद् ऋतुमा सगरमाथामा भने सामान्यतया आरोहण हुँदैन ।

यो सिजनलाई सगरमाथा आरोहण गर्न जानुअघि तयारी गर्ने समयका रूपमा लिइने भएकाले मनास्लु, चो–ओयु, धवलागिरि, अन्नपूर्ण तेस्रो, आमादब्लमलगायतका हिमालमा बढी आकर्षण हुने गरेको छ । विभागले वसन्त र शरद् ऋतुमा हिमाल आरोहण खुलाउने गरेको छ ।

सम्बन्धित खबर