२०८१ भदौ २९, शनिवार , ०८:४४:५३ बजे

Sajhamanch
'

कांग्रेस-एमालेको दुइ तिहाइ भए पनि विश्वासको मत लिन्छु : मुख्यमन्त्री कार्की

शनिवार, भदौ १५, २०८१

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ३० दिनभित्र विश्वासको मत लिने बताएका छन् ।

विराटनगरमा शनिबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नेकपा माओवादी केन्द्रले औपचारिक रुपमा समर्थन फिर्ता लिएकाले संविधान र कानूनअनुसार ३० दिनभित्र विश्वासको मत लिने बताए । मुख्यमन्त्री कार्कीले विश्वासको मतका लागि मिति भने तय भइनसकेको बताए ।

प्रदेशसभामा कांग्रेस-एमालेको दुई तिहाइ भए पनि विश्वासको मत लिने उनको भनाइ छ । उनले माओवादी प्रतिपक्षमा रहे पनि जनताका मुद्दामा साथ र सहयोग पाउने विश्वास व्यक्त गरे ।

माओवादीले समर्थन फिर्ता लिएसँग मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने तयारी गरेका छन् ।