२०८१ भदौ ३०, आइतवार , ०२:३१:४९ बजे

Sajhamanch
'

पेरिस पारालिम्पिक्समा कास्य विजेता पलेशाले सरकारबाट ६५ लाख रुपैयाँ पाउने

शनिवार, भदौ १५, २०८१

काठमाडौं । पेरिस पारालिम्पिक्समा कास्य पदक जितेकी पलेशा गोवर्धन श्रेष्ठले सरकारबाट ६५ लाख रुपैयाँ स्वतह पाउने भएकी छिन् ।

पेरिस पाराओलम्पिक्स–अन्तर्गत गएराति सम्पन्न के–४४ क्याटगोरीको महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले कास्य पदक जितेकी हुन् । पलेशाले जितेको पदक नेपाली खेलकुदकै अहिलेसम्मकै सबैभन्दा ठूलो पदक हो ।

राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार पलेशालाई सरकारले ६५ लाख रुपैयाँ पुरस्कार स्वरुप दिनुपर्नेछ । नियमावलीमा व्यक्तिगततर्फ स्वर्ण पदक जित्नेलाई एक करोड ३० लाख, रजत पदक जित्नेलाई ९७ लाख र कास्य पदक जित्नेलाई ६५ लाख रुपैयाँ पुरस्कार दिने व्यवस्था रहेको छ । नियमावली अनुसार पलेशाले ६५ लाख नगद नेपाल सरकारबाट प्राप्त गर्नेछिन् ।

सम्बन्धित खबर