२०८१ भदौ २९, शनिवार , ०५:४२:३३ बजे

Sajhamanch
'

वायु प्रदूषणको असर न्यूनीकरण र नियन्त्रणमा मन्त्रालय संवेदनशील छ : वन मन्त्री

शनिवार, भदौ १५, २०८१

काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले वायु प्रदूषणको असर न्यूनीकरण र नियन्त्रणमा वन तथा वातावरण मन्त्रालय संवेदनशील रहेको बताएका छन्।

‘वायु प्रदूषणले बालबालिका, महिला र सीमान्तकृत समुदायमा परेको असरसम्वन्धी अन्तरक्रिया कार्यक्रम’लाई सम्वोधन गर्दै मन्त्री शाहीले वायु प्रदूषणको असर न्यूनीकरण र नियन्त्रणमा मन्त्रालय संवेदनशील रहेको बताएका हुन्।

जलवायु परिवर्तन र वायु प्रदूषणको असर नियन्त्रण मन्त्रालयको चासोको विषय भएको बताउँदै मन्त्री शाहीले जलवायु परिवर्तनबाट सिर्जित वायु प्रदूषण प्रेरित असर न्युनीकरण र नियन्त्रणका लागि मन्त्रालयले थप नीतिगत र संस्थागत सुधारका कामलाई प्रभावकारी ढंगले अघि बढाउने बताए।

सबै सरोकारवाला पक्षलाई मन्त्रालयमा आमन्त्रण गरेर सल्लाह र सुझाव लिएर अघि बढ्ने पनि उनले बताए। वायु प्रदूषणको असरले मानवीय, जैविक र पारिस्थितिक प्रणालीलाई समेत ठूलो असर पारेकोप्रति मन्त्री शाहीले चिन्ता व्यक्त गरे।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, काठमाडौं महानगरपालिकाका साथै स्थानीय तह र सम्वन्ध सबै वन तथा वातावरणसँग सरोकार राख्ने पक्षसँग परामर्श छलफल गरेर जलवायु परिवर्तनले पारेका असरहरूको पहिचान र नियन्त्रणमा मन्त्रालयले प्रभावकारी कदम चाल्ने मन्त्री ठकुरीले बताए।

वायु प्रदूषण न्युनिकरण र नियन्त्रणमा सरोकार राख्ने सबै पक्षलाई सक्रिय सहभागीको अनुरोध गर्दै मन्त्रालय सहयोग र सहकार्यका लागि तत्पर रहेको स्पष्ट पारे।

कार्यक्रममा काठमार्डौ महानगरपालिका वातावरण विभाग निमित्त प्रमुख सरिता राईले वायु प्रदुषण नियन्त्रणका निम्ति फोहोर व्यवस्थापनको काम प्रभवाकारी ढंगबाट गरेको बताइन्।

स्वच्छ काठमाडौं निर्माण गर्न वायु प्रदूषण नियन्त्रणमा जनचेतना जगाउने काम महानगरले गरिरहेको उनले बताइन्। धूलो सहित काठमाडौं निर्माण गर्न जुटेको छौं,’ राईले भनिन्‌।

कार्यक्रममा वातावरण विज्ञ भूषण तुलाधरले वायु प्रदूषणले नेपालका बालबालिका, महिला र सीमान्तकृत समुदायमा परेको असर सम्वन्धी कार्यपत्र प्रस्तुत गरेका थिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा। समिर अधिकारीले जलवायु परिवर्तनले मानव समाजमा पार्ने असर र नियन्त्रणमा गरिएका सरकारी पहलका बारेमा प्रस्तुतिकरण दिएका थिए।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का प्रमुख-वरिष्ठ अनुसन्धान अधिकारी मेघनाथ धिमालले ‘जलवायु परिवर्तन र वायु प्रदूषणलाई किन एकसाथ सम्बोधन गर्नुपर्छ रु’ भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र स्वास्थ्य प्रवर्द्धन तथा धूमपान नियमन प्रमुख डा. भक्तबहादुर केसीले जलवायु कार्यमा मिडियाको योगदान अन्वेषण विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।

कान्ति बाल अस्पतालका वरिष्ठ परामर्शदाता डा. जगतजीवन घिमिरेले वायु प्रदूषण र बालबालिकामा फोक्सोको स्वास्थ्यका विषायक कार्यपत्र प्रस्तुत गरेका थिए।

सेभ द चिल्ड्रेनका वातारण विज्ञ पल्लब रेग्मीले समेत प्रतुतिकरण गरेका थिए। कार्यक्रममा वन तथा वतावरण मन्त्री ठकुरीलाई नेशनल युथ फर चिल्ड्रेन एक्सनले तयार पारेको जलवायु परिवर्तन सम्वन्धी घोषणा पत्र समेत हस्तान्तरण गरेको थिए।

सम्बन्धित खबर