२०८१ भदौ २९, शनिवार , ०३:०८:०१ बजे

Sajhamanch
'

३० वर्षे सेवा अवधि कायम रहने भएपछि एक सयभन्दा धेरै प्रहरी अधिकृतको एकैपटक अवकाश

शनिवार, भदौ १५, २०८१

काठमाडौं । नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि तत्काललाई कायम रहने भएपछि एक सयभन्दा धेरै प्रहरी अधिकृतले एकैपटक अवकाश पाउने भएका छन् । सर्वोच्च अदालतले हिजो अन्तरिम आदेश खारेज गरेसँगै आज नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि डीआइजीसम्मका अधिकारीले अवकाश पाउन लागेका हुन् ।

अवकाश हुनेहरुमा डीआइजी विष्णुकुमार केसीसहितका प्रहरी अधिकृतहरु छन् । गएको भदौ ६ गते सर्वोच्चका न्यायाधीश हरिकुमार फुयाँलको इजलासले नेपाल प्रहरीमा सेवाहदका आधारमा अवकाश नदिन अन्तरिम आदेश दिएको थियो । २१ जना प्रहरी अधिकारीले दायर गरेको रिटका आधारमा यस्तो आदेश भएको थियो ।

आदेश कार्यान्वयन गर्दा प्रहरी सङ्गठनमा समस्या हुने भन्दै सरकारले त्यसविरुद्ध बुधवार पुनरावलोकन निवेदन दर्ता गरेको थियो । त्यही निवेदनमाथि न्यायाधीशद्वय विनोद शर्मा र सारङ्गा सुवेदीको हिजोको इजलासले पुरानो अन्तरिम आदेश खारेज गरिदिएको हो ।

सम्बन्धित खबर