२०८१ भदौ २९, शनिवार , १०:२९:१३ बजे

Sajhamanch
'

पेरिस पारा ओलम्पिकमा नेपालकी पलेशा गोवर्द्धन क्वार्टरफाइनलमा पराजित

शुक्रवार, भदौ १४, २०८१

काठमाडौं । पेरिस पारा ओलम्पिक २०२४ मा नेपाली तेक्वान्दो खेलाडी पलेशा गोवर्धन क्वार्टरफाइनलमा पराजित भएकी छिन् ।

पेरिसको ग्रान्ड प्यालेसमा आज भएको तेक्वान्दोको के–४४ विधाअन्तर्गत महिला ५७ केजीमुनि तौल समूहको अन्तिम–८ मा पलेशा ब्राजिलकी सिल्भाना मायारा कार्डोसो फर्नान्डेससँग पराजित भइन् । पलेशा फर्नान्डेससँग १०–८ अङ्कले पराजित भइन् ।

यसअघि आजै भएको अन्तिम–१६ को प्रतिस्पर्धामा पलेशाले भियतनामकी मोरालेस भलेरियालाई हराउँदै अन्तिम–८ मा प्रवेश गरेकी थिइन् ।

यसअघि हिजो भएको खेलमा तेक्वान्दोका भरतसिंह महता जापानका मित्सुया टनाकासँग पराजित हुँदै अन्तिम–१६ बाटै बाहिरिएका थिए । अब पौडीका भीमबहादुर कुमालले आउँदो सोमवार एस–९ विधामा पुरुष ५० मिटर फ्री–स्टायलमा सहभागिता जनाउनेछन् ।

सम्बन्धित खबर