२०८१ भदौ २९, शनिवार , ०६:५९:१५ बजे

Sajhamanch
'

पाकिस्तान र बङ्गलादेशबीचको दोस्रो टेस्टको पहिलो दिनको खेल टस पनि नभई रद्द

शुक्रवार, भदौ १४, २०८१

काठमाडौं । पाकिस्तान र बङ्गलादेशबीचको दोस्रो टेस्ट क्रिकेटको पहिलो दिनको खेल वर्षाका कारण रद्द भएको छ । पाकिस्तानको रावलपिन्डीमा ठूलो वर्षाका कारण दोस्रो टेस्टको टस पनि हुन सकेन ।

आज खाना समयसम्म अम्पायरले मौसमको अवस्था हेरेको थिए तर लगातारको वर्षाका कारण अम्पायरले पहिलो दिनको खेल रद्द गर्ने निर्णय लिएका हुन् ।

पहिलो दिनको खेल रद्द भएसँगै पाकिस्तानलाई शृङ्खला जोगाइराख्न थप कठिन भएको छ । अब शृङ्खला जोगाउन पाकिस्तानलाई जम्मा चार दिनको समय बाँकी छ ।

बङ्गलादेशसँगको दुई खेलको टेस्ट शृङ्खलामा पाकिस्तान पहिलो टेस्टमा १० विकेटले पराजित भएको थियो । पहिलो टेस्टमा पाकिस्तानलाई हराउँदै बङ्गलादेशले इतिहास रचेको थियो । टेस्ट क्रिकेटमा बङ्गलादेशले पाकिस्तानलाई पहिलो पटक हराएको हो ।

सम्बन्धित खबर