२०८१ असोज १, मङ्गलवार , १२:०५:२५ बजे

Sajhamanch
'

सरगम संगीतालयले ल्यायो नयाँ तीज गीत ‘आयो तीज रंगियो गाउँबेसी’

शुक्रवार, भदौ १४, २०८१

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको सरगम संगीतालयले मौलिक भाका र नृत्यसहितको तीज गीत ‘आयो तीज रंगियो गाउँबेसी’ सार्वजनिक गरेको छ ।

वर्तमान नेपाली परिवेशलाई गीतमा चित्रण गर्दै नेपाली मौलिकतालाई प्राथमिकता दिइएको गीतको रचना, सङ्गीत तथा निर्देशन संगीतालयका प्रबन्ध निर्देशक दिपक रायमाझीले गरेका हुन् ।

दीक्षा रसाइली, सपना थापा, रविना लिम्बू, सोनिया घिसिङ र निरुता तामाङको स्वर रहेको गीतको छायाँकन सुवास लिम्बूले अर्जुनधारा जलेश्वरधाममा गरेका छन् ।

पदम तामाङको शृंगार, दिलमाया पन्धक लिम्बू नृत्य निर्देशन रहेको तीज गीत सरगम संगीतालयको ब्यानरमा निर्माण भएको हो । सरगम संगीतालयको आधिकारिक युट्युब च्यानलबाट बिहिबार सार्वजनिक गरिएको गीतको एरेन्ज सञ्जीव बराइलीले गरेका छन् ।

गीतमा दीक्षा रसाइली, सपना थापा, रविना लिम्बू, सोनिया घिसिङ, निरुता तामाङ, कोपिला लिम्बू, अस्मिता शर्मा, सुजना खड्का, प्रियंका गिरी, प्रज्ञा राई, दीपिका भट्टराई र पूजा सम्पाङले नृत्य गरेका छन् ।

सम्बन्धित खबर