२०८१ भदौ २९, शनिवार , ०२:४२:५२ बजे

Sajhamanch
'

अमेरिकामा मुना पाण्डेमाथि गोली हान्ने पुरुष पक्राउ

शुक्रवार, भदौ १४, २०८१

झापा । अमेरिकामा नेपाली युवती मुना पाण्डेको हत्या आरोपमा एक पुरुष पक्राउ परेका छन् । टेक्सासको ह्युस्टनमा २१ वर्षीया नेपाली विद्यार्थी पाण्डेमाथि गोली हानी हत्या गरेको आरोपमा ५१ वर्षीय बबीसिंह शाह पक्राउ परेका हुन् ।

उनलाई राति ८ बजेपछि ट्राफिक स्टपबाट पक्राउ गरिएको हो । पक्राउ गरिएलगत्तै ह्युस्टन प्रहरीले शाहविरुद्ध हत्या मुद्दा दायर गरेको छ ।

ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत २१ वर्षीय मुना पाण्डे गत सोमबार साँझ गोली हानी हत्या गरिएको थियो। मुना नेपालको भोजपुरकी स्थायी बासिन्दा हुन् । पाण्डे सन् २०२१ मा अध्ययनका लागि अमेरिका गएकी थिइन् ।

शुक्रवार, भदौ १४, २०८१ | परदेश (प्रवास), समाज

सम्बन्धित खबर