काठमाडौं । हिजो सामान्य बढेको शेयर बजार आज उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३६ दशमलव ८३ अङ्कले घटेर २ हजार ७४९ दशमलव ५७ विन्दुमा झरेको छ ।
आज म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स, होटल, उत्पादन, विकास बैंक समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज थ्री स्टार हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । बजार उच्च अङ्कले घटेको दिन कुथेली बुखारी स्मल हाइड्रोपावर र रसुवागढी हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।
आज ३२२ वटा कम्पनीका २ हरोड ८३ लाख कित्ता शेयर १२ अर्ब २४ करोड रुपैयाँमा कारोबार भएको छ ।