२०८१ माघ २८, सोमवार , १०:४२:४७ बजे

Sajhamanch
'

संविधान दिवस मनाउन कोशी प्रदेशमा ५०१ सदस्यीय मूल समिति गठन

बिहिवार, भदौ १३, २०८१

विराटनगर । कोशी प्रदेश सरकारले यसपटकको संविधान दिवस भव्यरुपमा मनाउने तयारी गरेको छ । ५०१ सदस्यीय मूल समारोह समिति घोषणा गरी मनाउने तयारी थालेको हो ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले दिवसको तयारी थालेको हो ।

मुख्यमन्त्री कार्कीले यस पटकको संविधान दिवस भव्य र सृजनात्मक बनाउने गरी तयारी थालिएको बताए । उनले संविधान दिवसलाई जनतासँग जोड्ने सबै जातजाति धर्म संस्कृति मान्ने सबैको सहभागिता हुने गरी दिवस मनाइने जानकारी दिए ।

यस पटकको संविधान दिवसमा प्रतियोगितात्मक झाँकी प्रदर्शनी, वतृत्वकला प्रतियोगिता, निबन्ध प्रतियोगिता र मूल आयोजकले औपचारिक कार्यक्रम गर्ने तयारी छ ।

असोज २ गतेदेखि तीन दिनसम्म मनाउने दिवसमा सार्वजनिक सञ्चारमाध्यममार्फत संविधानप्रति अपनत्व जगाउने कार्यक्रमहरू पनि सञ्चालन हुनेछ ।

सम्बन्धित खबर