२०८१ पौष १३, शनिवार , ११:३४:४५ बजे

Sajhamanch
'

मेची बहुउद्देश्यीय सहकारीको वार्षिकोत्सवमा दर्जनौंलाई सम्मान तथा पुरस्कार हस्तान्तरण

बुधवार, भदौ १२, २०८१

दमक । मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो २८औं वार्षिकोत्सव तथा ३०औं साधारणसभा आज सम्मान तथा पुरस्कार हस्तान्तरण कार्यक्रम गरी मनाएको छ ।

कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरको प्रमुख आतिथ्यमा आयोजित वार्षिकोत्सव तथा एकीकृत माइन्युट प्रमाणीकरण साधारणसभाको अवसरमा विभिन्न व्यक्ति तथा समूहलाई सम्मानसहित पुरस्कार प्रदान गरिएको हो ।

यो वर्ष संस्थाले २६ हजार रुपैयाँ राशीको गणेशप्रसाद बस्नेत उत्कृष्ट सहकारी अभियन्ता पुरस्कार नेफ्स्कुनका पूर्वअध्यक्ष, एशियाली ऋण महासंघ (अक्कु)का सदस्य ऋषिराज घिमिरेलाई प्रदान गरेको छ ।

यस्तै १० हजार रुपैयाँ राशीको गणेशप्रसाद बस्नेत पत्रकारिता पुरस्कार साझामञ्च डटकमका प्रधानसम्पादक गोपाल काफ्लेलाई र ८ हजार रुपैयाँ राशीको मेची सहकारी पत्रकारिता पुरस्कार हिमशिखर टेलिभिजनका समाचार प्रमुख सुदिप अधिकारीलाई प्रदान गरियो ।

मेची सहकारी संस्थामा समिति उपसमितिमा रहेर उत्कृट कारोबार गर्ने ६ जनालाई वार्षिकोत्सवको अवसरमा उपहारसहित सम्मानित गरिएको छ । जसअनुसार मीनाकुमारी कोइराला, जगन्नाथ फागो, गिरीराज नेपाल, रगिन्द्र गौतम, कमला आचार्य र डिकबहादुर नेम्वाङ्गलाई सम्मानित गरिएको हो ।

संस्थाले यो वर्ष उत्कृष्ट सेवा कार्यालयका रुपमा कमल सेवा कार्यालयको सिङ्गो व्यवस्थापन समूह र कर्मचारीहरुलाई पुरस्कृत गरेको छ । यस्तै उत्कृष्ट कर्मचारीहरुमा सेवा कार्यालय प्रमुखतर्फ बिर्तामोडका दुर्गा खनाल पोखरेल, वरिष्ठ प्रबन्धकतर्फ टीका अधिकारी, प्रबन्धकतर्फ गंगादेवी मगर, काउन्टरतर्फ गंगा सुवेदी र बजार प्रबन्धकतर्फ विजय मण्डल सम्मानित र पुरस्कृत भए ।

सोही अवसरमा गत जेठ १९ गते सम्पन्न अन्तर सेवा कार्यालयस्तरीय फूटसल प्रतियोगिताका विजयी र उपविजयी टिम एवम् उत्कृष्ट खेलाडीलाई पुरस्कार र पदक हस्तान्तरण गरियो ।

वार्षिकोत्सव समारोहको पुरस्कार वितरण खण्डको कार्यक्रमको सञ्चालन संस्थाका सिइओ खोमप्रसाद बगाललेले गरेका थिए । अध्यक्ष नारायणप्रसाद भट्टराई, प्रमुख आतिथि मन्त्री राना मगर, नेफ्स्कोनका पूर्वअध्यक्ष ऋषिराज घिमिरे, पूर्वकोषाध्यक्ष केशवप्रसाद पोखरेलसहित संस्थाका सञ्चालक एवम् कर्मचारीहरुले पुरस्कार तथा सम्मान पत्रहरु हस्तान्तरण गरेका थिए ।

सम्बन्धित खबर