झापा । साफ यु–२० च्याम्पियनसिपको उपाधिका लागि भईरहेको फाइनल खेलमा घरेलु टोली नेपालले बंगलादेशसँग १-० गोल अन्तरले पछि परेको छ ।
पहिलो हाफको अन्तिम मिनेटमा बंगलादेशले नेपालमाथी एक गोल गर्दे सुरूआती अग्रता बनाएको हो । नेपाली डिफेन्डर नीरज कार्कीले खराब ट्याकल गर्दै मिराजुल इस्लामलाई पेनाल्टी बक्सबाहिर लडाएका थिए।
त्यसपछि पाएको फ्रिककमा मिराजुलले गरेको प्रहार गोलमा परिणत भयो। खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी छ।