२०८२ जेठ ३, शुक्रवार , १०:२५:०५ बजे

Sajhamanch
'

विषालु सर्पले डसेर एक महिलाको मृत्यु

मङ्गलवार, भदौ ११, २०८१

विराटनगर । विषालु सर्पले डसेर विराटनगरमा मंगलबार बिहान एक जना महिलाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार विराटनगर महानगरपालिका–१८ भेडियारीकी २७ वर्षीया रुपादेवी मण्डलको मृत्यु भएको हो। रुपादेवीलाई आँगनमा फुल टिप्ने क्रममा बिहान ४ बजेतिर सर्पले डसेको जानकारी परिवारका सदस्यले प्रहरीलाई दिएका छन्।

गम्भीर घाइते भएकी उनलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको थियो। अस्पताल ल्याइपुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए।

उनका अनुसार रुपादेवीलाई कुन सर्पले टोकेको हो भनेर यकिन भएको छैन। उपचारमा संलग्न चिकित्सकले सर्पले टोकेको जानकारी दिएको उनले बताए।

सम्बन्धित खबर