२०८१ पौष २७, शनिवार , ०२:३४:५३ बजे

Sajhamanch
'

एकल महिलालाई युवासंघ कचनकवलद्वारा नयाँ घर निर्माण गरी हस्तान्तरण

सोमवार, भदौ १०, २०८१

कचनकवल । “दुःखीको घर, युवाको भर” नाराका साथ राष्ट्रिय युवा संघ नेपाल कचनकवल गाउँ कमिटीले वडा नं. ६ डमरगाछ निवासी एकल महिला भोटोसरी राजवंशीलाई २ कोठे जस्ताको छाना भएको घर हस्तान्तरण गरेको छ ।

राष्ट्रिय युवासंघ नेपाल कचनकवल गाउँ कमिटीद्वारा सोमबार आयोजित घर हस्तान्तरण कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिव पर्वतराज भण्डारीले घरको चावी राजवंशीलाई हस्तान्तरण गरेका हुन् ।

एकल महिला राजवंशीलाई राष्ट्रिय युवासंघ नेपालका सचिव भण्डारीले दोसल्ला ओढाएर सम्मान गर्दै आफ्नो संगठन युवाको लागि मात्र नभएर जनपक्षीय काम गर्न अग्रसर रहँदै आएको बताए ।

कार्यक्रममा नेकपा एमाले प्रदेश सचिवालय सदस्य बसन्त वानियाँले छाना, नाना र माना नभएको विपन्न परिवारलाई छानाभित्र ल्याउने मात्रै नभई राज्यले गर्ने दायित्व युवा संघ नेपालले पूरा गर्ने प्रयत्न गरेको जिकिर गरे ।

राष्ट्रिय युवासंघ नेपाल कचनकवलले उदारहणीय कार्य गरेको भन्दै युवासंघका गाउँ अध्यक्ष नवराज ढुङ्गानालाई नेता बानियाँले धन्यवाद ज्ञापन पनि गरेका थिए ।

कार्यक्रममा नेकपा एमाले झापाका उपसचिव अशारु राजवंशीले राष्ट्रिय युवासंघ नेपालले दिनहीन नागरिकको घर बनाइदिएर सकारात्मक सन्देश दिएको बताए ।

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा कचनकवल गाउँपालिकाका उपप्रमुख नवराज भट्टराई, नेकपा एमाले कचनकवल गाउँ कमिटी कार्यवाहक अध्यक्ष कूलबहादुर कार्की, राष्ट्रिय युवासंघ नेपाल झापा जिल्ला कमिटी सदस्य तथा प्रशिक्षण विभाग प्रमुख उमेश मिश्रलगायतले युवासंघ गाउँ कमिटीलाई सबै वडामा नमूना काम गर्न शुभकामना व्यक्त गर्दै घर निर्माणमा सहयोग गर्ने सबै दाताहरुलाई आभार प्रकट गरेका थिए ।

राष्ट्रिय युवासंघ नेपाल कचनकवल गाउँ कमिटीका अध्यक्ष नवराज ढुङ्गानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँ कमिटीका सदस्य श्याम घिमिरेले शाब्दिक स्वागत गरेका थिए ।

सम्बन्धित खबर