२०८२ वैशाख १०, बुधवार , १२:२१:१० बजे

Sajhamanch
'

जलविद्युत् आयोजनामा ढुंगाले लागेर मजदुरको मृत्यु

सोमवार, भदौ १०, २०८१

झापा । सङ्खुवासभाको मकालु गाउँपालिका–५ मा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको ’अडिट टु’ मा ढुङ्गा खसेर एक जना मजदुरको मृत्यु भएको छ ।

बर्दिया ठाकुरबाबा नगरपालिका ९ का ४९ वर्षीय तुलसीराम थारु बाटो बनाउने ग्यालजियमको काम गर्ने क्रममा हिजो साँझ माथिबाट ढुङ्गा झरेर घाइते भएका थिए ।

उपचारका क्रममा आज बिहान साढे १ बजे मृत्यु भएको जिल्ला प्रहरीका डीएसपी घनश्याम श्रेष्ठले बताए । हालसम्म अरुण तेस्रोको काम करिब ७५ प्रतिशत सम्पन्न भइसकेको छ ।

सम्बन्धित खबर