२०८१ फागुन १२, सोमवार , ०६:२२:०१ बजे

Sajhamanch
'

मनाइयो मंगलादेवी सिंहको २८औं स्मृति दिवस

सोमवार, भदौ १०, २०८१

काठमाडौं । नेपाल महिला संघका संस्थापक एवम् नेपाली महिला आन्दोलनकी नेतृ मंगलादेवी सिंहको २८ औं स्मृति दिवस मनाइएको छ । स्मृति दिवसको सन्दर्भमा आज बिहान शोभा भगवती डल्लुमा रहेको सिंहको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरिएको छ ।

मंगलादेवीका छोरासमेत रहेका उपप्रधानमन्त्री तथा सहरी बिकास मन्त्री प्रकाशमान सिंहले सालिकमा माल्यार्पण गरे । माल्यार्पणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री सिंहले नेपाली महिलाको हक, अधिकारका लागि आवाज उठाउने पहिलो महिला मंगलादेवी सिंह भएको बताउँदै अहिले संविधानमा रहेको समावेशी, समानुपातिक प्रतिनिधित्व र नीतिगत तहमा महिला प्रतिनिधित्व मंगलादेवीकै नेतृत्वमा भएको आन्दोलनको उपलब्धि भएको बताए ।

कार्यक्रममा मंगलादेवी फाउन्डेसनकी अध्यक्ष सिर्जना सिंहले मंगलादेवी सिंह नेपाली महिलाहरुका लागि प्रेरणा रहेको बताइन् ।

महिलाको हक, अधिकारलाई सुरक्षित बनाउनका लागि २००४ साल साउन २४ गते मंगलादेवी सिंहको अध्यक्षतामा महिला भेला भई महिला संघ स्थापना भएको थियो ।

उनले महिलाले पढ्न पाउनुपर्छ भन्दै दिएको दबावका कारण पद्म शमशेर राणा पद्मकन्या क्याम्पस खोल्न तयार भएको बताइन्छ ।

सम्बन्धित खबर