२०८१ माघ २९, मङ्गलवार , १०:५०:०९ बजे

Sajhamanch
'

मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा आज अर्को बस दुर्घटना

आइतवार, भदौ ९, २०८१

चितवन । मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा आज आइतबार बिहान अर्को बस दुर्घटना भएको छ । उक्त दुर्घटनामा १० जना यात्रु घाइते भएको प्रहरीले प्रारम्भिक जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक (डिएसपी) भेषराज रिजालका अनुसार उक्त बस महेन्द्रनगरबाट काठमाडौं आउने क्रममा थियो । । सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको सो बस आज बिहान भरतपुर महानगरपालिका वडा नम्बर २९ घुमाउने भन्ने स्थानमा दुर्घटना भएको डिएसपी रिजालले जनाएका हुन् ।

डिएसपी रिजालका अनुसार बस आफैं अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो । सडक किनारमा लगाइएको बारले छेकेकाले बस त्रिशूली नदीमा खस्नबाट जोगिएको उनको भनाई छ ।

दुर्घटनामा १० जना घाइते भएका छन्, उनीहरुलाई उपचारका लागि भरतपुर ल्याइएको डिएसपी रिजालले बताए । दुर्घटनापछि बाटो एकतर्फी सन्चालनमा छ ।

सम्बन्धित खबर