२०८१ मंसिर १६, आइतवार , ०२:५७:५८ बजे

Sajhamanch
'

भारत समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा, नेपालले फाइनलमा पुग्न भुटानसँग खेल्ने

शुक्रवार, भदौ ७, २०८१

काठमाडौं । माल्दिभ्सलाई हराउँदै भारत २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

ललितपुरको सातदोबाटमा रहेको एन्फा कम्प्लेक्स मैदानमा आज भएको खेलमा भारतले माल्दिभ्सलाई १–० गोलले हरायो । भारतका लागि इन्ज्युरी समयमा किप्गेनले गोल गरे । माल्दिभ्स भने दुवैमा खेलमा पराजित हुँदै बाहिरिएको छ । यो समूहबाट भुटान उपविजेता हुँदै सेमिफाइनलमा पुगेको छ ।

योसँगै सेमिफाइनल समीकरण पूरा भएको छ । यसअघि नेपाल समूह ‘ए’ को विजेता बन्दै र बङ्गलादेश उपविजेता बन्दै सेमिफाइनलमा पुगिसकेका छन् । अब सेमिफाइनलमा नेपालले भुटानसँग र भारतले बङ्गलादेशसँग खेल्नेछन् ।

सम्बन्धित खबर