
काठमाडौं । तनहुँको तनहुँको आँबुखैरेनी गाउँपालिका-२ स्थित ऐना पहराबाट यात्रुवहाक बस मर्स्याङ्दी नदीमा खसेको छ।
आज बिहान ११ः३० बजे बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ। यो पृथ्वी राजमार्गको मुग्लिन-आँबुखैरेनी सडकखण्डमा पर्छ।
बसमा कति यात्रु थिए, कहाँबाट कता जाँदै गरेको बस हो भन्ने केही खुलेको छैन। आँबुखैरेनी प्रहरी चौकीका प्रहरी र स्थानीयको सहयोगमा उद्धारको काम थालिएको बताइएको छ।