२०८१ पौष २८, आइतवार , ०४:०२:३४ बजे

Sajhamanch
'

२० वर्षमुनिको साफ च्याम्पियनशिप : बङ्गलादेशलाई हराउँदै नेपाल समूह विजेता

बिहिवार, भदौ ६, २०८१

काठमाडौं । २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा नेपाल समूह ‘ए’ को विजेता बनेको छ ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्स मैदानमा आज भएको खेलमा बङ्गलादेशलाई २–१ ले हराउँदै नेपाल समूह विजेता बनेको हो । नेपालको जितमा खेलको १७औं मिनेटमा समिर तामाङ र १९ औं मिनेटमा अबिनाश स्याङ्तानले गोल गरे । बङ्गलादेशका इस्लामले खेलको ४३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे ।

यो जीतसँगै नेपालले २ खेलमा ६ अङ्क जोडेको छ । बङ्गलादेशको २ खेलमा ३ अङ्क छ । नेपाल र बङ्गलादेश यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् । यो समूहको श्रीलङ्का भने लगातार दुई खेलमा हार बेहोर्दै समूह चरणबाटै बाहिरिइसकेको छ ।

प्रतियोगितामा समूह चरणको अन्तिम खेलमा भोलि समूह ‘बी’ का भारत र माल्दिभ्स खेल्दैछन् । यो खेलबाट सेमिफाइनल समीकरण पूरा हुनेछ । यो समूहको अर्को टोली भुटानले पनि अन्तिम चारमा पुग्ने सम्भावना कायमै राखेको छ । सेमिफाइनलमा एउटा समूहको विजेताले अर्को समूहको उपविजेतासँग खेल्नेछ ।

सम्बन्धित खबर