सङ्खुवासभा । राष्ट्रिय भलिबल खेलाडी सुमित्रा रेग्मी गृहजिल्ला सङ्खुवासभामा सम्मानित भएकी छन् ।
रेग्मीलाई चैनपुर नगरपालिकाले ६५ हजार रुपैयाँ नगदसहित सम्मान गरेको हो । चैनपुर नगरपालिकाका मेयर कृष्णकुमार तामाङले आफ्नो नगरभित्रका राष्ट्रिय भलिबल खेलाडी रेग्मीको हौसला बढाउन सम्मान गरिएको बताए। उनलाई पञ्चेबाजासहित नगरसमेत परिक्रममा गराइएको थियो ।
नेपाली महिला भलिबल टोलीमा सहभागी भएर सङ्खुवासभा र चैनपुर नगरपालिकामात्र नभई देशको गौरव बढाएको भन्दै रेग्मीलाई पुरस्कार र सम्मान प्रदान गरिएको मेयर तामाङको भनाइ छ ।