२०८२ जेठ २१, बुधवार , ०७:४४:३० बजे

Sajhamanch
'

सिमलताल घटनामा बेपत्ता भएकाहरू जीवित हुनुहुन्छ भन्ने छैन‚ शव खोजिरहेका छौँ : मन्त्री दाहाल

बिहिवार, भदौ ६, २०८१

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले २८ असारमा नारायणगढ मुग्लिन सडकको सिमलतालमा भएको दुर्घटनामा हराएकाहरू जीवित नभएको बताएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा शून्य र विशेष समयमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले उक्त दुर्घटनामा परेर हराएकाहरूले ज्यान गुमाइसकेको बताए ।

‘दुर्घटना भएर बेपत्ताहरू र मृत्यु भएकाहरूको अहिलेसम्म लास पत्ता लागेको छैन । यस्तो अवस्थामा देश गुज्रेको छ‚’ उनले भने‚‘बेपत्ताको खोजी जारी छ । लगभग विश्वास छ कि उहाँहरू जीवित हुनुहुन्छ भन्ने छैन । श्वास नभेटिन्जेल आस हुन्छ भन्ने छ । जीवित भएको आस राख्ने कुरा भयो ।’

सम्बन्धित खबर