२०८१ माघ १२, शनिवार , ०७:४०:०२ बजे

Sajhamanch
'

विश्वकप लिग दुईमा नेदरल्याण्ड्ससँग अमेरिका पराजित

बिहिवार, भदौ ६, २०८१

झापा । विश्वकप लिग दुइ श्रृङ्खलामा नेदरल्यान्ड्सले अमेरिकालाई हराएको छ । नेदरल्यान्ड्समा भएको श्रृङ्खलामा अमेरिका, क्यानडा र घरेलु टोलीबीचको त्रिकोणात्मक श्रृङ्खलाको छैटौँ खेलमा घरेलु टोलीले अमेरिकालाई २७ रनले पराजित गरेको हो ।

नेदरल्यान्ड्सले दिएको २०७ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४५ ओभर ५ बलमा अल आउट हुँदै १७९ रन मात्र बनायो । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्स ४९ दशमलव १ ओभरमा २०६ रन जोड्दै अल आउट भएको थियो ।

यो खेलसँगै लिग दुईको चौथो राउन्ड सकिएको छ । यस राउन्डमा घरेलु टोलीले शतप्रतिशत जित निकाल्दा क्यानडाले चारै खेल गुमाएको छ । अमेरिका २ मा जित तथा २ खेलमा पराजित भयो । ८ टोली सहभागी लिग दुईको अङ्क तालिकामा नेदरल्यान्ड्स १२ अङ्कका साथ शीर्ष स्थानमा छ ।

पराजित अमेरिका ४ अङ्कका साथ पाँचौँ स्थानमा छ । दुई अङ्कका साथ नेपाल सातौँ स्थानमा छ । लिग दुईको शीर्ष चार टोलीले सन् २०२७ मा हुने एक दिवसीय क्रिकेट विश्वकप छनोटमा स्थान बनाउने छन् ।

सम्बन्धित खबर