इटालीमा डुङ्गा डुब्दा हराएका ६ जना मध्ये ५ जनाको शव भेटिएको छ । अझै एक जना बेपत्ता छन् । गएको सोमवार बिहान ठूलो आँधीका कारण बेलायती ध्वजाबाहक बायेसियन नामक ५६ मिटर लामो डुङ्गा पोर्टिसेलो नजिकै डुबेको थियो ।दुर्घटनाकै दिन १ जनाको ज्यान गएको थियो । योसँगै डुङ्गा दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ । बेपत्ता एक जनाको उद्धारकर्मीले खोजी गरिरहेका बीबीसीले जनाएको छ । उनीहरु सबै बेलायत र अमेरिकाका पर्यटक रहेका छन् ।
डुङ्गामा चालक दलका १० सदस्यसहित २२ जना थिए । दुर्घटनामा परेको बेयसियन डुङ्गा सन् २००८ मा इटालियन जहाज निर्माण कम्पनी पेरिनी नाभीले पर्यटकका लागि निर्माण गरेको सुविधासम्पन्न डुङ्गा हो ।