विराटनगर । मोरङको बिराटनगर महानगरपालिका-१५ जतुवा स्थितमा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ४२ बर्षीया सरिता देवी यादव रहेकी छिन् । हिजो अपरान्ह आफ्नै घरको धारामा मोटरबाट पानी तान्ने क्रममा अचानक करेन्ट लाग्दा घाईते भएकी उनलाई उपचारको लागि गोल्डेन अस्पताल पुर्याउन साथ मृत्यु भएको थियो ।