२०८२ जेठ १, बुधवार , ०४:४३:०९ बजे

Sajhamanch
'

इलामको मालबाँसेमा खस्यो पहिरो, बिर्तामोड–इलाम सडकखण्ड अवरुद्व

मङ्गलवार, भदौ ४, २०८१

झापा। इलामको माई नगरपालिका–९ मालबाँसेमा पहिरो जाँदा बिर्तामोड–इलाम सडक अवरुद्व भएको छ । पहिरोका कारण त्यहाँका तीनवटा घर जोखिममा परेका छन् ।

मालबाँसेका सुरज लिम्बू, सन्दिप लिम्बू र पदम योङहाङको परिवार पहिरोको जोखिममा परेको हो । उनीहरु आफन्तको घरमा आश्रय लिएर बसिरहेको प्रहरीले जनाएको छ ।

घटनामा कुनै मानवीय तथा चौपायाको क्षति भने भएको छैन । अहिले पहिरो पन्छाएर सडक सञ्चालन गर्ने तयारी भइरहेको जनाइएको छ ।

सम्बन्धित खबर