झापा । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहम र लेस्टर सिटीले एकरएक गोलको बराबरी खेलेका छन् । गएराति भएको खेलमा टोटनहमले सुरुवाती अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन ।
खेलको २९ औँ मिनेटमा टोटनहमका पेड्रो पेरोले गोल गरेका थिए । तर दोस्रो हाफको ५७ औँ मिनेटमा लेस्टर सिटीका जेमी भार्डीले गोल गरे । थप गोल नहुँदा खेल बराबरीमा सकियो । यो बराबरीसँगै दुवै टोलीले अङ्क बाँडेका छन् । यो खेलसँगै लिगमा नयाँ सिजनको पहिलो चरणका १० खेल सकिएका छन् ।
पहिलो चरणमा ब्राइटन, आर्सनल, लिभरपुल, म्यानचेष्टर सिटी, एस्टनभिल्ला, ब्रेन्टफोर्ड, म्यानचेष्टर युनाइटेड र न्यूक्यासलले विजयी सुरुवात गरेका छन् । उनीहरुको समान तीन अङ्क छ ।