२०८१ फागुन १२, सोमवार , ०६:०२:०१ बजे

Sajhamanch
'

सूचनाको हकको कार्यान्वयनका लागि थप जिम्मेवार बन्न प्रधानमन्त्रीको आह्वान

सोमवार, भदौ ३, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचनाको हकको कार्यान्वयनको लागि थप जिम्मेवार बन्न सम्बन्धित निकायलाई आह्वान गरेका छन् । राष्ट्रिय सूचना आयोग स्थापनाको १८ औँ वर्षमा प्रवेश गरेका अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले यस्तो आह्वान गरेका छन् ।

लोकतन्त्रको संस्थागत विकास तथा सुशासनको प्रवर्द्धनका निम्ति राज्यको कामकारबाही र सार्वजनिक सूचनामा नागरिकको सहज पहुँच हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । उनले सही सूचनाको प्रवाहबाट मात्र शासन व्यवस्थाप्रति नागरिक सहभागिता बढ्न गई शासन व्यवस्थाले वैधता प्राप्त गर्ने बताएका छन् ।

सम्बन्धित खबर